www.tankasubba.com

लेख
हाङयुग र ककफिक मन्थन, लेख

जुलाई १३,२००५ तदनुसार भानु जयन्तिको अवसरमा श्रृजनशील अराजक कवि हाङयुग अज्ञातद्धारा लिखित नया कृति ककफिक कविता संग्रह नेपाली साहित्य परिषद हङ्गकङ्गले प्रकाशन तथा विमोचन गरे पश्चात पुनः गएको अगष्ट २ मा लेखक संघ हङ्गकङ्गको आयोजना र मिसाल प्रतिष्ठान हङ्गकङ्गको प्रायोजनमा ककफिक मन्थन कार्यक्रम वुद्धिजीवी, साहित्यकार र पत्रकारहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । साविकै ढंगले गरिएको मन्थन गोष्ठिमा मैले पनि सहभागी हुने अवसर पाएको थिए । यस्तो प्रकारको साहित्यिक मन्थन बेला बेलामा भइरहन्छन् हङ्गकङ्गमा तर मेरो लागि भने पहिलो उपस्थिति थियो उक्त मन्थन कार्यक्रममा । यहांको व्यस्त र महङ्गो समयसंग बांडिदा चुडिदै कतिपय महत्वपूर्ण कार्यक्रमहरु त्यसै छाड्नु पर्छ कहिले कहि । मनले चाहेर मात्र नहुने समय र परिस्थितिको अनुकुलता पनि मिल्नै पर्यो । तब मात्र भन्या ठाममा पाइला पुग्छन् । ककफिक मन्थनमा पुगियो संयोगवश । त्यहा“ पाल्ने निम्तालुहरु प्राय ह्याङ्गओभर भएका थियौ रातभरिको काम र अनिंदोले । के गर्ने परिस्थितिको अनुहार नै यस्तै छ । सम्झनु पर्यो जिउनुको विवशता । हो, त्यस्तै क्षणहरु स“गको बावजूद पनि ककफिक मन्थन गरिएको गन्थन खोल्दैछु यहां । चाख लाग्दा छन् मन्थनमा मथिएका कुराहरु र सान्दर्भिक पनि, सायद त्यसैले कलम चलाउन हौसिएको हुनुपर्छ म । किन हौसिए भनेर सोध्नुभयो भने म एकै सासमा उत्तर दिनेछु कि ककफिक भनेर । कहिल्यै नसुनिएको अनौठो शब्द के होला अन्दाज गर्नुहोस् त – अरु केही नभएर लिम्बू भाषाबाट ल्याइएको नाम हो चराको ककफिक । जस्लाई नेपालीमा काकाकुल पनि भनिन्छ । मन्थन स्थलमा लिम्बू भाषीहरु पनि अनभिज्ञ भएको कुरा प्रष्टै थाहा हुन्थ्यो किनभने ककफिकको शाब्दिकर्थ कवि स्वयम्लाई सोधिंदै थियो । कविले एक्कासी कविता संग्रहकै नाम राखी दिनु भएको हुनाले यस्तो भ्रम हुन गएको मात्र हो । जे होस् ककफिकको शाब्दिक अर्थ बुझे पछि चाहि“ सबैको अनुहारमा आश्चर्य भाव मेटिएको पाए । नबुझ्नुबाट बुझ्नु पनि खुसी कै कुरा रहेछ । हङ्गकङ्गमा बचेखुचेको समय पनि दिनचर्याले सप्पै निलिदिन्छ तर साहित्य जोड्ने हातहरु भने झनझन बलिया हुदैछन् । यसलाई मुल्याङ्कन गर्ने हो भने यो टापु उर्वर झैं लाग्छ साहित्य सिर्जनाको लागि । किनभने हङ्गकङ्गको बलवान समयलाई पछारेर कलमकर्मीहरु शब्दमा भावना जोड्न र बिचार रोप्न सफल भएको देख्दा यो पंक्तिकारलाई बडो गजब लाग्छ । र मेरो मनले पनि यस्तै बन्नुपर्छ भन्छ साहित्यकारहरु । अरु ठाउमा हेरेर हङ्गकङ्गमा साहित्यको फसल निक्कै सप्रिएको छ । यसरी उर्वर हुनु हामी हङ्गकङ्गगे नेपाली भाषीको लागि मात्र उपलव्धि होइन देश कै गौरव हो । यही गौरव र उपलव्धिको ज्वलन्त उदाहरण ककफिक कविता संग्रहलाई लिन सकिन्छ । त्यस पछिका अर्का जीवन्त उदाहरणहरु हुन् मीठू र पाहुर । प्रतिवद्धता भयो भने बिचारहरु सुस्ताउदैनन् यो यही माथिका कृतिहरुले प्रमाणित गर्दछ । यस्तै प्रतिवद्धताको उचाइमा हुनुहुन्छ कवि अज्ञात । यहि विचारको उचाइ वोकेर नै होला उहाहरुले हांक्नु भएको साहित्यिक आन्दोलन, साहित्यक आग्रह एउटा अध्यय वनि सक्यो नेपाली साहित्यिकासको । अव श्रृजनसील अराजकता लेखिएन भने त्यो इतिहास अधुरो वन्छ । यसरी निर्माण भएको इतिहासलाई हामीले नजिकवाट वुझ्नु पर्छ,जान्नु पर्छ किनकि उक्त विषय वस्तु हाम्रो आवश्यकता वनि सक्यो । हाङयुगसंग मेरो चिनजानी धेरै पुरानो होइन हङकङ आगमन पछि नै हो तर पत्रपत्रिकामा पढिसकेको नाम हुनाले पहिलो भेट नै पुरानो जस्तो भयो । हङकङको आई.डी. नै सा“घु वन्यो घनिष्टताको र अरु धेरै साथीहरुसंग पनि त्यसरी नै जाडिदैछ घनिष्टताको सांघु । यस्तै भेटमा मैले भनेको थिएं हाङयुग जीलाई यो हङ्गकङ्ग टापुमा आएर कलम विसाउने काम गर्दै नगर्नु होला र विरलै भेटघाट हुदा पनि यस्तै शव्दहरु दोहोर्याई रहे । अन्तमा वर्षदिन नबित्दै ककपिक कविता कृति हात लाग्यो । सम्झे मेरो वोली पुरा भएको हो कि- तर त्यो एउटा संयोग मात्र हो । खासमा कवि परिश्रमी र प्रतिवद्ध भएर नै कृतिले जीवन पाएको हो । हाङयुगको काम देखे पछि मलाई के लाग्यो भने वहां एउटा गतिशील समय हुनुहुदोरहेछ र जनजातिहरुको आवाज पनि । हामीले यहां समय कहांवाट आउछ र कता जान्छ भन्ने कुराको अन्दाज गर्न नसकि रहेको वेला हाङयुगले भने मजैले समय नापिरहेकाछन् । त्यसैले होला हङकङ अग्लो विल्डिङ आई.एफ.सी. झै अग्लिएर उभेको पाउछु तपाई हाम्रो सामु । यो त मेरो सानो मूल्यांकन मात्र हो अव मन्थन कै विषयमा अलिकति ढल्किउं । कुनै पनि कृतिकारले आफ्नो कृति पस्कि सकेपछि त्यसको मन्थन गरेन भने कृतिले जीवन पाए पनि कर्तव्य नपाए जस्तो आभाष हुदोरहेछ । हिजो अस्तिको ककपिक कृति मन्थन कार्यक्रमले त्यस्तै महसूस गरायो मलाई । मन्थनको सवै भन्दा राम्रो पक्ष के रहेछ भने पाठक र लेखक वीच सुझाव र प्रतिकृयाको भावना जोड्ने वलियो पुलको निर्माण हुदो रहेछ । फलदायी नै हुन्छ दुवै पक्षको लागि किनभने पाठकले विषय वस्तुसंग घोलिन पाउछ भने लेखकले पाठकको प्रतिकृया । विज्ञानले पनि यही कुरा प्रमाणित गर्दछ कि क्रिया र प्रनिकृया विना नया वस्तुको निर्माण हुन्न भनेर । यहां त्यही नया कुराको आभाष भएर नै मन्थनको गरिएको हुनु पर्छ । वास्तवमा कृतिले वोकेका र भन्न खोजेका कुराहरु वुझ्नु र वुझाउनु पाउनु नै मन्थनको केन्द्रिय तत्व रहेछ । सो मन्थन कार्यक्रममा हाङयुग अज्ञातले भन्नु भएको थियो -मान्छे जस्तै कविता हुनु पर्यो मेरा कविताहरु म जस्तै छन् अनि मेरो कविताको आवाज च्याव्रुङ -ढोल) वजाउदा निस्कने आवाज जस्तै हुन्छ । वास्तवमा हाङयुगका कविताहरुमा प्रवेश गर्ने हो भने लेखकको अनुहार मात्र होइन हाम्रा विम्वका तमाम अनुहारहरु देखिन्छन् । कविताको आवाजमा च्याव्रुङ मात्र होइन मुन्धुम फलाकेको पनि सुनिन्छ । यस्तै अनुहार र आवाजहरु प्रतिविम्ति गर्नु नै शायद सृजनशील अराजकता हुनु पर्दछ । वहाहरुले हाक्नु भएको साहित्यिक आन्दोलनको पांच मन्त्र हंगकंगका पाठकहरु समक्ष निक्कै अगाडि प्रस्तुत गरी सक्नु भएको छ एभरेष्ट साप्ताहिक मार्फत । त्यसैले कतिपय पाठकहरुले अध्ययन गरेर गहिरो चिन्तन पनि गर्दै हुनु हुन्छ होला । मेरो मस्तिस्कमा भने मन्थन कार्यक्रमले नया कुराको प्रत्यारोपन गरेर दीर्घकालीन छाप वसालेको छ जस्ले मलाई घच्घच्याइ रहेछ त्यही कुरा लेख्न । नेपाली साहित्य लेखनको मूलधारवाट अर्को मूलधार निर्माण गर्न जुटेको यो सृजनशील अराजक समूहले निक्कै लामो फड्को मारी सक्यो । जे होस त्यही कुराको वैचारिक दृष्टि वोकेर कंक्रीटहरुको जंगल हंगकंग प्रवेश गर्नु भएको छ हाङयुगले । पक्कै पनि वहांले आफ्नो प्रभाव समस्त लेखक तथा पाठक वर्गमा पार्नु हुने नै छ । ककपिक मन्थनले हाङयुग र वहांका कृतिहरुलाई वुझ्ने अवसर पाएकाछौ समष्टिमा भन्ने हो भने थेप्चो विम्वसंग सम्वन्धित छ परिलक्षित छ सृजनशील अराजकता । त्यसैले सारा कुरा वुझ्नुमा र वुझाइमा छ । अन्तमा हाङयुग अज्ञातद्धारा लिखित अन्य आउदा नविन कृतिहरुमा पुन मन्थन गर्न पाउ भनी कामना गर्दै कार्यक्रम स्थलवाट वाहिरिदा कामको वोझ र अनिदोले गह्रुगो भएको टाउको चंगा भइसकेको थियो ।

लेख
विचार - टंक सम्वाहाम्फे

विचार भन्नाले साधारण रुपले परिभाषित गर्ने हो भने मनन चिन्तन अथवा सोच नै हो । अव यसलाई समालोचकीय दृष्टिकोणले विश्लेषण गर्ने हो भने यसका अनगिन्ति अर्थहरु लाग्न सक्छन् तर विचारलाई म आफ्नै साधारण वा विचारको रुपमा प्रस्तुत गर्न लागिरहेको छु । दिन प्रतिदिन भावनामा टुसाएका कलिला विचारहरुलाई सुनियोजित विचारमा वा पूर्णकालीन रुपमा बाचिरहोस्,उभिरहोस् भन्ने चिन्तन सदैव गरिरहन्छु । अन्तत त्यो विचार वन्न नपाई फोस्रो सोच भएर जान्छ , मिथ्या कल्पना वनेर गुज्रन्छ । मानौ फोस्रिएको धान जस्तै दाईंमा नाङलोले हम्काउदा स्वत उडीजाने भूस जस्तै हुन्छ । तर पनि कुनै दिन यसले एउटा स्वरुप लिन्छ नै भनेर विचार प्रति अझ आकषिर्त वन्छु अनि समाहित हुन्छु । जस्तो सुकै साधारण किन नहोस् कटिवद्ध वन्छु अनि विचारलाई उचालेर शिरमाथि उभ्याउन खोज्छु तैपनि हृदयको कुनै कुनामा हीनता वोध पलाई रहन्छ । किनकि म जस्तो र्सवसाधारणको विचार कस्ले अनुसरण गर्ला भनेर । फेरि अर्को दिन नयां नया वनेर उदाउछ ती दिनहरु संग नुतन विचारहरु जन्मन्छन् हुर्कन्छन् अलौकिक वनेर स्पर्श गर्छन अनि मनहरु त्यसै त्यसै झंक्रित हुन्छन् तव आत्मा विश्वासले आकाश छुन खोज्छ । आखिर त्यो मलाई मात्र हुन्छ कि अरु सवैलाई पनि हुन्छ भन्ने जान्नको लागि एक दिन मेरो घनिष्ट मित्रलाई खानपीनको व्यवस्था गरी छलफल गर्ने विचार गरे । सोही वमोजिम एकदिन मित्रलाई गफसफ गर्ने निवेदन पेश गरे वहा”ले पनि मेरो निमन्त्रणा स्वीकार गरेर घर दलान मै उपस्थित हुनु भयो । खानपीन भए पश्चात यो विचारका विचारणीय पक्ष वा विचारणीय विषय वस्तु पस्कने कि नपस्कने द्धिविधामा परे । किनकि पाहुना डाकेर उसलाई थाहा नभएका कुरा एक्कासी लाद्दा उ मवाट नराम्रो पनि हुन सक्छ भनेर मैले उक्त विषय वहां माथि खन्याउन सकिन । तर अचानक पाहुनावाट नै नौलो विचार सम्वन्धिको वीजारोपण भए पछि मलाई अजिंगरको आहारा दैवले जुराउछ भने झै भयो । आफुले जानेको र सोचेको विषयलाई तेर्स्याउन पाइने भइयो । नभन्दै मेरो वोल्ने पालो आएपछि विचार भनेको के हो त – भनेर सोध्ने मौका उम्काइन । जस्ले उसलाई निधार खुम्च्याउन वाध्य गरायो । केही क्षण पश्चात उसको मुहारमा एक्कासी रोशनी छाएर आयो । शूरुमा मलाई निक्कै आतेस लागेको थियो तर उस्को मुहार चम्किलो भएर आए पछि पाहुना वोलाउनुको फाइदालाई सम्भिmन पुगे । विचारको परिभाषावाट उसले शुरु गरेको रामकहानी अन्तमा फाइदा वेफाइदासम्मको कुरा निस्केर छाड्यो । यति कुरा मलाई थाहा भयो कि विचार ठूलो होस् वा सानो होस त्यो वास्तवमा महान् हुन्छ । त्यसपछि म विचार कै विषयलाई वहस वनाएर म निक्कै हुर्रिएर भौतारए । किनकि विचारश्रोतले सर्वसाधारण मान्छे भए पनि मार्क्स ,लेलिन अथवा प्रकाण्ड विद्धानहरुसंग तुलनीय हुन पाइने भो भनेर यर्सथ कि तिनीहरु पनि कुनै वेला हामी जस्तै र्सवसाधारण नै थिए । यसरी महत्वकांक्षा पाल्ने काम त भयो तर कस्तो विचार प्रभाह गर्ने वा सम्प्रेषण गर्ने कुरा चाहि” फसादीमा पर्यो । महत्वकांक्षाको पछाडि ठूला पहिरो देखा पर्यो । आफैमा केही विचार नआउने पनि होइन तर त्यो महान् व्यक्तिहरुको विचारसंग सम्वन्धित के कति छ अथवा कस्तो हुनु पर्दछ भन्ने कुरा त जान्नै पर्यो । त्यसैले पुस्तकालय धाउने विचार गरें । यसैको सिलसिलामा विभिन्न विचार र चिन्तनका कितावहरुमा आंखा डुलाउन थाले । आंखावाट जव मैले मस्तिष्कमा पढेका कुराहरु फिजाउन थाले तव ती व्यक्तिहरुको विचार,मनन,चिन्तनमा मेल भए पनि ब”ाकी सवै कुरा वेमेल भएकोले असहमत हुन पुगे । अव आफै विचार गर्नुहोस् न हामी सवै एक प्रकारले र धेरै जसो गाउंले जीवनवाट उठेका हुनाले पहिलो विचार के हुन्छ होला । व्यवहारलाई सपार्न श्री सम्पति जोड्न र साधारण एशियाली मापदण्ड को जीवन यापन गर्न पाए हुन्थ्यो भन्ने हो । वैज्ञानिकहरुको विचारहरु,आविष्कारहरु समय समयमा धेरथोर तपाईहरुले अध्ययन गर्नु भएकै होला । उनीहरु भन्छन् माथि आकाशमा वस्न पाए हुन्थ्यो ताराहरुसैगै खेल्न पाए हुन्थ्यो भन्ने । कहांको आकाशको कुरा कहांको साधारण घर व्यावहारको कुरा अन्तराल भन्नु नै यही हो ।

अचानाक हि”ड्दा हि”ड्दै दोवाटोमा अर्का परिचित मित्रसंग जम्का भेट भयो । वहांसंग सन्चो विसन्चोको कोसेली आदान प्रदान गर्दा गर्दै विचारकै कुरा हुन थाल्यो । उहां भन्नुहुन्छ विचार सुनियोजित हुनु पर्छ , जसले आजका भ्रष्ट विचारहरुलाई परास्त गर्नु पर्छ र नौलो समाज निर्माण गर्नको लागि जोसिला कदमहरु चाल्नु पर्छ । जहां हामी सुरक्षित हुन्छौ. र धरती जगमगाउछ, हो त्यस्तो विचारको अवधारणा लिनर्ुपर्छ भन्दै उ आफ्ना काम काज तिर मोडियो । म साथीको शव्दहरु केलाउदै त्यसलाई समाजमा कसरी लगानी गर्ने त भन्दै विचारमग्न भए । कहिले काही” सोच्छु त्यस्तो फोस्रो विचार त हाम्रा देशका महान नेताहरुले अशिक्षित समाजमा वकी रहेकाछन् । लाग्छ यस्तै विचारले नै होला हाम्रो देश र समाजले दुर्गति ब्यहोरीरहेको नत्र भने र्सुइजरल्याण्ड फोटोकपी देश नेपालले किन सोमालियाको दुख वेहार्नु परिरहेछ । यी सारा कुरा सोच्दा सोच्दै कहिले पागल त भैसकेको छुइन भनेर आफैलाई शंका गर्छु । एकताका कुरौटे दार्शनिक सुकरातलाई पनि मानिसहरुले पागलको पगरी ओढाएका थिए तर उनले सत्य प्रति गरेको वकालत आजको आधुनिक भन्दा उत्तरआधुनिक युगले सहजै स्वीकार्दछ । त्यसैले सुकरात विचारहरु आजसम्म अस्तित्व रहेकाछन् । हो म पनि त्यस्तै ठान्छु विचार सत्य,अजर,अम्मर साश्वत र सर्वाङगीण हुनु पर्दछ । यदि त्यसो भएन भने आदीम नै ठहरीने छौ । अव विचारणीय पक्ष के छ भने दुरदर्शिताको हिसावले मान्छेमा प्रत्यारोपण गरिने जुन सङलो विचारहरु छन् ती भ्रममा रोपिनु हुन्न । समाजमा यसरी विश्लेष्ण हुनु पर्यो कि आजसम्म पछाएर हि”डेका वाटाहरु कुनै न कुनै विचारवाटै प्रेरित छन् ,प्रेरित हुनु पर्दछ । विचार एउटा पथ न हो जहा” हामी हिडिरहेका हुन्छौं । पछ्याइ रहेका हुन्छौं । विचारमा श्रृजना पक्ष हुन्छ त्यसैले त रमणीय संसारको आभा हेर्न पाउछौं । तर विचारमा सृजना मात्रै हुन्छ भन्न नमिल्ने रहेछ किन कि विचारले आघात पनि जन्माएको छ । पहिलो र दोश्रो युद्ध गराएको छ, मृत्यु फैलाएको छ व्युझाएको छ । यी हुन् विचारको दुर्घटना वा विचारको दुर्गति जसले निर्दोष मान्छेको जीवन हरण गरीदिन्छ । समयको कालचक्रले निम्त्याएको भयानक पलहरु हुन् । प्रकृतिसंग जति नै जुझ्न खोजे पनि आखिर त्यो अपार हुन्छ चाहेमा उसले नियंत्रणमा लिएरै छाड्छ । विचारहरुको बेमेल यस्तै कालो क्षणहरु निम्त्याउछ । आजै हामी त्यस्ता सानातिना युद्धहरु व्यहोरी रहेकाछौं, देखिरहेका छौ । ती सारा विचारहरुको रंग नमिल्नु हो । वास्तवमा विचारले नै युद्ध र शान्तिको दुइ पाटा वोकेको हुन्छ । अव हामीले लिनु पर्ने विचार चाहि” के हो भने जहां सदैव शान्ति स्थापना गरिराख्ने हो भने विध्वंसका पक्षहरु कहिल्यै निम्त्याउन हुन्न । विचारहरु यही पक्षमा हातेमालो भइदियो भने दुर्गतिलाई सहजै परास्त गर्न सकिन्छ । र त्यो नौलो समाजले सहजै स्विकार गर्दछ । जहां अरुलाई वजार्ने मात्र होइन खुड्किला पनि चढाउदै लाने सहयोगी विचार पनि बाच्नु पर्छ । मैले मान्छेहरुको हृदय पुस्तकालयवाट, विचार पुस्तकालयवाट पल्टाउन खोजेको पाना पनि यही हो । मैले तपाईहरुको समक्ष सगरमाथा झैं उभाउन खोजेको मेरो महान विचार पनि त्यही हो ।

लेख
साहित्य र जिवन - टंक सम्वाहाम्फे

समय अत्यन्तै वेगवान हुन्छ न छेकेर छेक्न सकिन्छ न रोकेर रोक्न सकिन्छ । केवल एकहोरो नदीको प्रवाह झैं सलल वगिरहन्छ । त्यही समयसंग वाधिएर केही न केही सृजनामा वाधिन पाए हुन्थ्यो भन्नेलाग्छ । त्यही मनलाई अरु केहीमा वाध्न नसके पनि शव्दहरुसंग,विचारहरु वांध्न ठूलो कोशिस जारी गर्छु त्यो कोशिस केही नभए पनि केही भए झैं लाग्छ र आशाका मुनाहरु पलाउन थाल्छन् । मानौ. म केही त गरिरहेको छु कि जस्तो भान मलाई हुन्छ । र झन उत्साहित हुन्छु जाने नजानेका कुराहरुलाई जोड्न ।  साहित्यको नाममा सृजनाका शव्दहरु जोड्छु घटाउछु, चित नवुझे च्यातेर फाल्छु । आम साहित्य कर्मीहरु के कसो गर्छन् त्यो त मलाई थाहा छैन तर मेरा भने वानी यस्तै प्रकारको छ । कलम कर्मी हरेकले केही न केही सृजना गर्छन गरिरहेका हुन्छन् । त्यो हुनु पनि पर्दछ । त्यसरी सृजना भएन भने त नया कुराको जन्म नै हुदैन । लाग्छ संसार पुरानो हुदै गए पनि सृजना चाहि नयां नयां हुदै जान्छ त्यो आम मान्छेको माग र चाहाना वन्दै गएको छ । त्यही सृजनाको नाममा कतै एक वोरा चामलको सट्टामा एक वोरा भुस मात्र जम्मा गरिरहेका छैनौ- यो कुरालाई राम्ररी चिन्तन मनन गर्नुपर्नेहुन्छ । जहां सम्म मलाई लाग्छ जति पनि लेखिन्छन,लेखिए र लेखिनेछन् तिनीहरु सवै अव्वल दर्जाका हुन्छन् भन्न सकिन्न । उदाहरणको लागि यो संसारमा भने जस्तो सग्लो मान्छे मात्र कहां पाइन्छ र – वास्तवमा सृजनाको कुरा पनि त्यस्तै हुनुपर्दछ  जस्तो लाग्छ । हंगकंग भूमिलाई उपयोग गर्दै धेरै कलम कर्मीहरुले आफ्नो हात साहित्यको उर्वर फांटमा दौर्डाई रहनुभएको छ । यो पर्राई भूमि वर्साईको अत्यन्तै राम्रो पक्ष हो । कामको  चापाचाप संगै आफ्नो विचारहरु,भावनाहरु प्रस्फुटन गराएर पाठकहरुको आंखा सम्म पुर्याउनु निक्कै ठूलो साहस व्युझाउनै पर्छ । नत्र भने छेपाराको कथा मात्रै वन्न जान्छ । हामी यहां वसेर के लेखिरहेकाछौ र कस्का लागि लेखिरहेका छौं । भन्ने कुराको जानकारी लेखक स्वयमलाई पनि अवागत हुनुपर्छ । र आजको युगमा लेखिने र सम्प्रेषण गरिने समग्री कस्तो हुनु पर्दछ भन्नेकुराको ज्ञान त झन अपरिहार्य नै छ । कतिपय कलम कर्मीहरु दुइचारवटा लेख रचना लेखेर छापेको भरमा दुइचार साहित्यिक किताव पढेको भरमा म त साहित्यकार हुं भनेर सोच्नु त्यही साहित्यकार हुनेको मपाईंत्व प्रदर्शन मात्र हो अरु केही होइन । साचै साहित्यकार वन्नलाई त एउटा सम्पूण जीवन साहित्य निर्माण मै समाहित गर्नुपर्दछ अथवा अर्पिनु पर्दछ । तव मात्र त्यो व्यक्ति साहित्यको पारखी वन्न पुग्छ । साहित्य वुझ्न र ज्ञान आर्जन गर्नको लागि मस्तिष्कमा दायरा फराकिलो र अध्ययनको गहिराइमा डुव्न सक्नु पर्दछ । साच्चै भन्ने हो भने विना अध्ययान राम्रो साहित्यको निर्माण गर्न र वुझ्न कदापि सक्दैनौ । जव हामी निर्लिप्त भएर जुन कुरामा लाग्छौं अवश्य नौलो ज्ञानको प्राप्ती हुन्छ । त्यही प्राप्तिलाई आफ्नो भावनात्मक विषयवस्तुमा मुछेर नयां विचार हो आकार दिन्छौं अथवा अविष्कार गछौं । हो त्यो नै पाठकहरुको लागि नौलो स्वादको मीठो परिकार वन्न पुग्छ । अनि सवैले आफ्नो दिमाग चोपी चोपी त्यो विषय वस्तु वा सृजनालाई खुराक वनाइ दिन्छन् । वास्तवमा यस्तो सृजनाको कलात्मक घर वनाउन लेखकको सीपमा भर्रपर्दछ । कला सृजनामा जिवन जस्तै वाचेको हुन्छ सुन्दर भएर । हरेक वस्तुमा कलाको लेपन अकर्ष ढंगले पोत्न सकियो भने कुरुपता त्यसै विलाएर जान्छ र स्वीकार योग्य वनिदिन्छ । मनन र चिन्तन गर्नुपर्ने अर्को कुरा के हो भने आजको युग विज्ञानसंग जोडिएको छ । हरेक कुरा क्षणभर मै परिवर्तन भइरहेको हुन्छ । जस्तै यहां आज सत्य भनिएको कुरा अर्को दिनको उज्यालो नहुदै उत्ता असत्य सावित भइसकेको हुन्छ । यस्तो समयलाई क्षण क्षणमा देख्न,जान्न र वुझ्नु पर्ने हुन्छ । यदि यी कुराहरु ओझेलमा परे भने हामी आदिम भइसकेका हुनेछौं । म उहिले लेख्थे,अहिले लेख्छु भन्नुमा दुइवटा युगको प्रतिविम्व पाउछौं । युग र चाहाना अनुरुप कुनै पनि सृजना पस्कन सकिएन भने पाठकहरुको मनलाई आफु तिर फर्काउन कहिले पनि सकिन्न । र त्यसो गर्नु आफ्नै समयको वर्वादी मात्र हुन जान्छ । समयको परिवर्तन संगै मान्छेको मनस्थिति पनि परिवर्तन भएर जाने भएकोले यात्रा पनि सोही वमोजिम तय गर्नुपर्ने हुन्छ । किनकि आजको युग भन्नु नै परिवर्तनको अर्को पाटा हो । वास्तवमा साहित्यमा पनि त्यस्तै नौलो कुराको आभाष हो ,उपज हो । जहां हामी कलमको सहाराले विचारको सुदुर यात्रामा भावना डोर्याउदै हिड्छौं । यसरी निरन्तर निरन्तर लागी परे निश्चय नै गन्तव्यमा पुग्न धरमराउनु पर्दैन । कलमको यात्रा भनेको विचार र विवेकको यात्रा हो । जति लेख्दै गयो उति लेखाइहरुमा नौला क्षितिजहरु देख्दै गइन्छ । जति क्षितिज पार गरे पनि अन्तिम क्षितिज भने कहिल्यै छुन सकिन्न । त्यसैले त मैले एउटा साहित्यकार वन्नलाई सारा जिवन नै होम्नुपर्छ भनेको हुं । साहित्यमा अनेकौ विचार र वादहरु हिजो प्रतिपादन भए आज हुदैछन् भोलि हुदै जानेछन् । अङगीकार गर्नु हाम्रो चुनौतिपूण कार्यहरु हुन् । कुन केहो – कस्तो हुन्छ – भन्ने छुट्याउनु हाम्रो कर्तव्य पनि हो । भनिन्छ साहित्य समाजको दर्पण हो । मानव जिवनको हरेक पक्षलाई समेट्ने हुदा साहित्यमा घण्टौं डुवुल्की मार्छन पाठकहरु ।  यदि भाषामा साहित्य नहुनु हो भने भाषा मरुभूमिको वालुवा जस्तै हुन्छ । साहित्य भाषाको रुपरङ हो, सुन्दर छटा हो जसको चमक हामीले  अध्ययन गरेर ज्योतिर्मय भएको पाउछौं ।  जहां हामी वाचेका छौं त्यो साहित्यकै आसपास हो । जिवन र जगतलाई विर्सने हो भने त्यहां शुन्यता वाहेक अरु केही कल्पना गर्न सकिन्न । साहित्य एउटा माध्यम हो रंगीन दुनियालाई पोत्ने । त्यसैले साहित्य हाम्रो जिवन हो जहां हामी वाचेका हुन्छौ ।

लेख
समय गीत - टंक सम्वाहाम्फे

कहिले काही धेरै पहिले सुनेका गीतहरु अचानक रेडियो वा क्यासेटवाट सुन्न पाउदा मनै कस्तो कस्तो हुन्छ । पुराना यादहरु समुद्रको छाल झै मडारिएर मानसपटलभरि छचल्किदिन्छ ।जहा सम्म यस्तो मलाई मात्र होइन तपाई हामी सवैलाई हुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यदि त्यही गीत निर्माण कालमा घात सहनु परेको थियो भने च्वास्स मुटुमा झिरले घोचे झै घोच्न पनि सक्छ । यो गीत संगीतले साच्चै नै मानवीय समवेदना वोकेको हुदोरहेछ । कहिल काही गीत झै सुमधुर ध्वनिले कता कता खुशीको तरंग पनि उव्जाइ दिन्छ । तर गीत संगीतले त्यसो नगर्नु पर्ने हो वास्तवमा साच्चै नै साचो अनुभूनि उराल्दो रहेछ । हिजो अस्ति मलाई त्यस्तै भयो । झण्डै वीस वर्षअगाडि सुनेको गीत पुनः मेरो कानमा गुन्जन पुग्दा अतीत त्यसै त्यसै वल्झेर आयो । बैशालु हुदा सुनेको गीतले त्यही वैश दोहोरयायो । हर्ष विभोर गरायो वुढिदै गएको शरीरमा नया स्फूर्ति भरेर केही क्षणलाई भए पनि वर्तमानलाई भुसुक्कै भुल्न वाध्य तुल्यायो । सायद त्यसै होला गीतसंगीतमा एउटा अलौकिक शक्ति हुदो रहेछ भन्ने मलाई लाग्यो । त्यो आज मलाई अनुभव दर्शायो । धेरै पहिले हाम्रा गाउका एक जना दाइले वारीमा घास काट्न जादा वैशको गीत गाएर रुने गर्छु भन्थ्यो, म अल्लारे थिए । त्यस वेला गीतसंगीतको महत्व अहिलेको जस्तो थाहै थिएन । एकसरो सुन्न पाए भइ हाल्थ्यो । वैशको गीत गाएर किन रुनु दाइ भनेर जिस्क्याइ दिन्थे । हेर भाइ आजभोलि तिमेर्को जस्तो वैश छैन वुढेस् कालमा ती पुराना यादहरु मडारीएर आउदा मन त्यसै दुख्छ । ती मायालुहरुले दिएको माया प्रीति, हासेको, वोलेको, खाएको यादले सताउदा म रुन्छु रुने गर्छु भन्दा यो दाइ त पागल पो भयो कि क्या हो जस्तो लाग्थ्यो । हुन त त्यस्तो नहुनेलाई के थाहा र अचानो पीर । तर आज मलाई पनि त्यस्तै भयो पुरानो गीतको स्पर्शले,झंकारले । गीतसंगीतमा साच्चै नै एउटा समय, एउटा युग वाचेको हुदो रहेछ । त्यसैले पो गीतकार गीत जन्माउनमा लागि पर्दारहेछन् । संगीतकारहरु संगीत जोड्नमा मरिमेट्दा रहेछन् र गायकहरु आवाजमा वाच्न खोज्दा रहेछन् । गीतलाई सरल आखाले हेर्दा गीतको मर्म नवुझ्नुको कारण पनि यही हुनु पर्छ । गहिर्राईमा डुवेर छाम्न सकियो भने मात्र गीतको साचो अर्थ जीवन भएर वाचेको अनुभूति हुन्छ । यही कुराको वोधले नै मानिसहरु समयलाई समात्न अधिकसेअधिक श्रृजनामा लिप्त हुदा रहेछन् । किनभने समयलाई छोप्ने एउटै मात्र जाल हुनु पर्छ सृजना । अलिकति भए पनि त्यहां छोपीएको हुन्छ समय । तपाई आफूले समयलाई समातेको हेर्न चाहानुहुन्छ भने विगतका कामहरुको मूल्यांकन गर्नुहोस् । के कति समयलाई समातेको रहेछु भन्ने कुरा घाम जतिकै र्छलंग देख्नु हुनेछ । गीतसंगीतको जन्मले ओगटेका समयहरु यहि गीतसंगीतमा नफुक्ने गरि वाधिएको हुदो रहेछ । हिजो अस्ति मेरो कानमा गुञ्जिएको गीतसंगीत र आवाजले त्यही समय कंपित भएको थाहा पाएं । यदि त्यस्तो नहुदो हो त मलाई भूतकालको यादले स्पर्श पक्कै गर्ने थिएन । तर मज्जैले अतीत मेरो आंगालोमा वा“धियो । यसले मलाई एउटा अठोट दिलायो । अठोट मात्र होइन गीतसंगीत र आवाजसंग समय वाचेको हुन्छ भन्ने कुरा अन्तर्ज्ञान दिलायो । हुन त मैले त्यस्तो गीतसंगीत र आवाज कैयौ नसुनेको होइन तर उक्त श्रवणमा सजीवता थिएन केवल निर्जीव सुनाइले यस्तो परिस्थिति काहा थाहा हुनु । हो कतिको सुनाइ मात्रै हुन्छ तर जुन दिन त्यो गीतसंगीत र आवाजले सुम्सुम्याउछ तव मात्र उस व्यक्तिलाई थाहा हुन जान्छ । मैले जति पनि गीतहरु सृजना गरें त्यो थाहा पाएर लेखेको होइन । अनायासै पुरानो गीतले मलाई झस्काएको हो व्यूझाएको हो । गीत के कति कारणले लेखे भन्ने कुरा मलाई थाहा छैन । खाली मेरो हृदयको एउटा आग्रह जस्तो मात्र लाग्छ । कसैले यसो गर्छु भन्दा त्यस्तै कहिल्यै हुन्न । गर्दै ला“दा त्यो हुदै जँने मात्र हो । मैले जन्माएका गीतहरुमा हिजो अस्ति पुरानो गीतको गुञ्जनले दिएको समय स्पर्श छ कि छैन त्यो मलाई थाहा छैन र थाहा हुन्न पनि रहेछ । मलाई त्यस्तै भइरहेछ । तर कसैले मैले रचना गरेका गीतहरु आफ्नो महत्वपूर्ण क्षणहरुसंग वाधेर राखेकाछन् भने पक्कै अवको दश वा विस वर्षछि अचानक कसैले सुनेछन् र मेरो जस्तै विगतले अठ्यायो भने मेरो रचनासंग समय पनि लेखिएको रहेछ भन्ने कुराको अवगत हुन्छ । तर अहिले नै भने भन्न सकिन्न । हुन्छ होला भन्ने अनुमानसम्म चाहि“ गर्न सकिन्छ । गीतसंगीत र आवाजसंग मात्र समय वाचेको हुन्छ भन्नु सम्पूर्ण होइन । खाली गीतसंगीतले तुरुन्तै हाम्रो हृदयलाई छुने भएकोले हाम्रो मस्तिष्कले तुरुन्तै थाहा पाउने मात्र हो । तर गर्न सके अन्य सृजनामा पनि त्यतिकै र त्यतिनै समय वाचेको हुन्छ । केवल माध्यम मात्र फरक हो । एउटा किसानले पनि समय समातेको हुन्छ मेहनतमा,पसिनामा तर अरुले अर्कै तरिकावाट समय समात्दा उसलाई ग्लानी पैदा भएको मात्र हो । समय सवैले आआफ्नो काम र कर्तव्यमा पक्रिरहेका हुन्छौ । त्यो तत्काल नदेखिने र थाहा नपाइने मात्र हो । जीवन यात्राक्रमलाई लम्व्याउदै जादा हामीले कुनै न कुनै दिन यस्तो क्षणसंग जम्का भेट हुन्छ तव मात्र विगतका पलहरु भल्झली देख्न पाउछौ । अनि मात्र भित्री आखाको पर्दा खुल्दछ । जव भित्रैवाट सारा देख्छौं । त्यो नै हुनु पर्छ हाम्रो समय र जीवन । अतीत भन्नु समयको छाया चित्र हो, त्यसैको सहाराले त उहिलेका कुरा सपना झैं देख्छौं । सम्झदा यी वास्तविकता संग जोडिएका कुराहरु अलौकिक जस्तै लाग्दछन् । तर सत्य कुरा त्यही हो पत्यार नलागे पनि । कतिपय कुराहरु भोग्दै देख्दै जान्छौं र ती क्षणहरु समयले ओझेल पार्दै जान्छ अनि विर्सदै जान्छौ । सम्पूर्ण कुरा सधै भएर रहदैनन् तर भएकै कुरा हुन् । ती पलहरु प्रसंगले मात्र हाम्रो अगाडि झुल्कने हुन् । यदि त्यस्तो कुनै प्रसंग जीवनमा दोहोरिएन भने पुनः स्मृति आउदैन र सधैकालागि हराएर जान्छ । मैलेमाथि दर्शाएको पुरानो गीत सुन्न पाउनु मेरो प्रसंग संयोगले दोहोरिनु हो । जस्ले गर्दा विस वर्षगाडिको समयलाई नाप्न पाएको छु । विस वर्षआगाडिको चयनले वर्तमानमा भोग्दै गरेको वेचैन विर्सने अलि कति समय मिलेकोछ । समयलाई कसरी चिन्नु पर्ने हो भन्ने कुराको परिचय पाएको छु ।