March 2006
Monthly Archive
March 22, 2006
हाङयुग र ककफिक मन्थन, लेख
जुलाई १३,२००५ तदनुसार भानु जयन्तिको अवसरमा श्रृजनशील अराजक कवि हाङयुग अज्ञातद्धारा लिखित नया कृति ककफिक कविता संग्रह नेपाली साहित्य परिषद हङ्गकङ्गले प्रकाशन तथा विमोचन गरे पश्चात पुनः गएको अगष्ट २ मा लेखक संघ हङ्गकङ्गको आयोजना र मिसाल प्रतिष्ठान हङ्गकङ्गको प्रायोजनमा ककफिक मन्थन कार्यक्रम वुद्धिजीवी, साहित्यकार र पत्रकारहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । (more…)
March 12, 2006
विचार - टंक सम्वाहाम्फे
विचार भन्नाले साधारण रुपले परिभाषित गर्ने हो भने मनन चिन्तन अथवा सोच नै हो । अव यसलाई समालोचकीय दृष्टिकोणले विश्लेषण गर्ने हो भने यसका अनगिन्ति अर्थहरु लाग्न सक्छन् तर विचारलाई म आफ्नै साधारण वा विचारको रुपमा प्रस्तुत गर्न लागिरहेको छु । दिन प्रतिदिन भावनामा टुसाएका कलिला विचारहरुलाई सुनियोजित विचारमा वा पूर्णकालीन रुपमा बाचिरहोस्,उभिरहोस् भन्ने चिन्तन सदैव गरिरहन्छु । अन्तत त्यो विचार वन्न नपाई फोस्रो सोच भएर जान्छ , मिथ्या कल्पना वनेर गुज्रन्छ । मानौ फोस्रिएको धान जस्तै दाईंमा नाङलोले हम्काउदा स्वत उडीजाने भूस जस्तै हुन्छ । तर पनि कुनै दिन यसले एउटा स्वरुप लिन्छ नै भनेर विचार प्रति अझ आकषिर्त वन्छु अनि समाहित हुन्छु । जस्तो सुकै साधारण किन नहोस् कटिवद्ध वन्छु अनि विचारलाई उचालेर शिरमाथि उभ्याउन खोज्छु तैपनि हृदयको कुनै कुनामा हीनता वोध पलाई रहन्छ । किनकि म जस्तो र्सवसाधारणको विचार कस्ले अनुसरण गर्ला भनेर । फेरि अर्को दिन नयां नया वनेर उदाउछ ती दिनहरु संग नुतन विचारहरु जन्मन्छन् हुर्कन्छन् अलौकिक वनेर स्पर्श गर्छन अनि मनहरु त्यसै त्यसै झंक्रित हुन्छन् तव आत्मा विश्वासले आकाश छुन खोज्छ । (more…)
March 12, 2006
साहित्य र जिवन - टंक सम्वाहाम्फे
समय अत्यन्तै वेगवान हुन्छ न छेकेर छेक्न सकिन्छ न रोकेर रोक्न सकिन्छ । केवल एकहोरो नदीको प्रवाह झैं सलल वगिरहन्छ । त्यही समयसंग वाधिएर केही न केही सृजनामा वाधिन पाए हुन्थ्यो भन्नेलाग्छ । त्यही मनलाई अरु केहीमा वाध्न नसके पनि शव्दहरुसंग,विचारहरु वांध्न ठूलो कोशिस जारी गर्छु त्यो कोशिस केही नभए पनि केही भए झैं लाग्छ र आशाका मुनाहरु पलाउन थाल्छन् । (more…)
March 12, 2006
समय गीत - टंक सम्वाहाम्फे
कहिले काही धेरै पहिले सुनेका गीतहरु अचानक रेडियो वा क्यासेटवाट सुन्न पाउदा मनै कस्तो कस्तो हुन्छ । पुराना यादहरु समुद्रको छाल झै मडारिएर मानसपटलभरि छचल्किदिन्छ ।जहा सम्म यस्तो मलाई मात्र होइन तपाई हामी सवैलाई हुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यदि त्यही गीत निर्माण कालमा घात सहनु परेको थियो भने च्वास्स मुटुमा झिरले घोचे झै घोच्न पनि सक्छ । (more…)